२०८१ पुष १२ , शुक्रवार

लक्ष्मी बैंक र आईसीआईसीआई बैंक बिच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेड बिच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ।

 

सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जनकुमार थापाले आदान प्रदान गर्नु भएको थियो । उक्त सम्झौताले नेपाल र भारत बीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथ साथै QR भुक्तानी गरी दुई देश बीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने छ ।

 

साथै यो सम्झौता दुई बैंक बिच मानव संसाधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।