२०८१ आश्विन १४ , सोमवार

पार्किङ गरिएका भ्यान र ट्याक्सीमा आगजनी

सुनाखरी न्युज/ बेनी –

बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारी साधनमा आगजनी भएको छ। आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ।

 

सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरूङले जानकारी दिए। उनका अनुसार सवारी साधनमा आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन। बुधबार बेलुका करिब ७ बजे दुबै सवारी साधन एक आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि भएको क्षति दुबै पक्षले एकआपसमा व्यहोर्ने गरी मिलापत्र गराइएको थियो।

दुबै सवारी साधनका धनी स्थानीयवासी नै भएकाले तिनलाई डम्मरास्थित सडकमै पार्किङ गरिएकामा आगलागी भएपछि घटना रहस्यमय बनेको छ। रासस