२०८१ पुष १० , बुधवार

कस्तो कफी कति कप खाँदा ठिक, धेरै वा थोरै खाँदा के हुन्छ ?

सुनाखरी न्युज/ काठमाडौं –

धेरै मानिसहरू १ कप कडा कफीसंग आफ्नो दिन सुरु गर्न मनपर्छ । स्वादिष्ट र स्वस्थ कफी पिउनाले शरीरमा उर्जा ल्याउँछ र दिनभर उर्जा आउछ भन्ने सोचाइ रहेको छ । हालैको अनुसन्धान अनुसार, कफी सेवनले केहि गम्भीर रोगहरूबाट बच्न मद्दत गर्न सक्छ जस्तैः टाइप २ मधुमेह, फ्याटी कलेजो रोग र केहि क्यान्सर छन् ।

 

यस अध्ययनका अनुसार यदि कसैले कम मात्रामा कफी पिउने गरेको छ भने उसलाई कार्डियो भास्कुलर रोगको जोखिम पनि कम हुन्छ । तर धेरै कफी पिउनु शरीरको लागि हानिकारक पनि हुन सक्छ । तर यदि यसलाई सही मात्रामा पिउने हो भने शरीरलाई धेरै फाइदा हुन सक्छ । आहारविद् हेलेन बन्डका अनुसार उमालेको कफीमा क्याफेस्टोल र काहवेल नामक प्राकृतिक तेल हुन्छ । जसले कोलेस्ट्रोलको उत्पादन घटाउन सक्छ । तर आजको समयमा धेरैजसो मानिसले फिल्टर गरिएको कफीको सेवन गरिरहेका छन् । जसका कारण मानिसले कम फाइदा पाइरहेका छन् । जामा इन्टरनल मेडिसिनमा प्रकाशित अनुसन्धानका अनुसार दैनिक कफी सेवनले मुटुको समस्या ३ प्रतिशतसम्म कम गर्न सक्छ ।

 

क्याफिनको मात्रा व्यक्ति अनुसार फरक हुन्छ । १ कप कफीमा करिब १०० मिलीग्राम क्याफिन हुन्छ । दैनिक १ कप कफी पिउनाले सतर्कता बढाउँछ । साइकोफार्माक जर्नलमा प्रकाशित सन् २०१२ को अध्ययन अनुसार १ कप कफी पिउने मानिसहरूलाई कम थकान हुन्छ र सतर्क रहन्छ । यसका साथसाथै, कफीले पाचन हर्मोनहरू निकाल्छ । जसले पेटको ब्याक्टेरियालाई सक्रिय बनाउँछ, जसले पेटको स्वास्थ्यलाई फाइदा गर्छ । हर्मोनहरू रिलिज हुन्छन् । जसले पेटको ब्याक्टेरियालाई सक्रिय बनाउँछ, जसले वेटको स्वास्थ्यलाई फाइदा पु¥याउँछ । अनुसन्धानमा खेलकुद गतिविधि गर्ने, दिनमा २ कप कफी पिउने व्यक्तिको सहनशीलता र गतिमा वृद्धि भएको पाइएको थियो ।

 

अनुसन्धानमा संलग्न व्यक्तिहरूलाई शरीरको तौल प्रति किलोग्राम ३ देखि ६ मिलीग्रामको दरमा क्याफिन दिइएको थियो । यदि कसैको वजन ६५ केजी छ र उसलाई प्रति किलोग्राम शरीरको वजनमा ३ मिलीग्राम क्याफिन दिइएको छ भने, उसलाई कुल १९५ मिलीग्राम क्याफिन दिइन्छ । जुन प्रति २ कप प्रति २०० मिलीग्राम बराबर थियो । साथै, दिनमा २ कप वा सोभन्दा बढी कफी पिउनाले हृदयघातको सम्भावना ३० प्रतिशतले कम हुन्छ । युरोपेली जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित एक अध्ययन अनुसार यदि कुनै व्यक्तिले दिनमा ३ कप वा सोभन्दा बढी कफी पिउछ भने मस्तिष्कघातको सम्भावना २१ प्रतिशतले कम हुन्छ । यसबाहेक हृदयघातको जोखिम १२ प्रतिशतले र मृत्युको जोखिम १७ प्रतिशतले कम हुन्छ ।

 

दैनिक ४ वा सोभन्दा बढी कप कफी पिउनेमा ननअलकोहलिक रोग लाग्ने जोखिम १९ प्रतिशतले कम हुन्छ । युनिभर्सिटी अफ साउथह्याम्प्टन र एडिनबर्गको अनुसन्धानका अनुसार दैनिक ३–४ कप कफी पिउनाले कलेजोको क्यान्सरको जोखिम २१ प्रतिशतले कम हुन्छ । स्वीडेनको कारोलिन्स्का इन्स्टिच्युटको अनुसन्धानका अनुसार दिनमा ५ कप कफी पिउने मानिसमा टाइप २ मधुमेहको जोखिम २९ प्रतिशतले कम हुन्छ । कफी बीनमा पाइने क्याफेइक एसिड र क्लोरोजेनिक एसिडले एमाइलाइड पोलिपेप्टाइडको जम्मालाई रोक्न मद्दत गर्दछ । जसले इन्सुलिन उत्पादन गर्ने कोशिकाहरूलाई नष्ट गर्न सक्छ । बोस्टन युनिभर्सिटीको अनुसन्धान अनुसार ६ कप कफी पिउनाले बाथ रोगको जोखिम कम गर्न सकिन्छ ।

 

अनुसन्धानका अनुसार दिनमा ६ कप कफी पिउने मानिसमा बाथ रोग हुने सम्भावना ५९ प्रतिशत कम हुन्छ र दिनमा ५ कप कफी पिउनेमा बाथ रोग हुने सम्भावना ४० प्रतिशतसम्म कम हुन्छ । वेव एमडी अनुसार धेरै कफी पिउनाले अनिद्रा, घबराहट, बेचैनी, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, मुटुको धड्कन बढ्ने, श्वासप्रश्वासको गति बढ्ने, निद्रा नलाग्ने जस्ता समस्याहरू पनि हुन्छन् । यसबाहेक लगातार बढी कफी पिउनाले टाउको दुख्ने, चिन्ता लाग्ने, कानमा घण्टी बज्ने, मुटुको धड्कन अनियमित हुने, टाउको दुख्ने, छाती दुख्ने जस्ता समस्या हुन सक्छन् । ऋभिखभबिलमअष्लिष्अ को अनुसार, सामान्य मानिसहरूले ४०० मिलिग्राम कफी, वा लगभग ४ कप कफी पिउनु हुँदैन ।४०० मिलीग्राम कफीको १० क्यान बराबर हुन्छ ।एजेन्सी