२०८१ आश्विन १४ , सोमवार

एआईजी बढुवाविरुद्ध सर्वोच्चमा रिट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

 

बढुवामा नपरेका डीआईजी ईश्वरबाबु कार्कीले गैरकानुनी रुपमा एआईजी बढुवा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दिनुभएको हो । वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा बढुवा नगरिएको भन्दै कार्कीले सर्वोच्चमा रिट दिनुभयाे ।

 

आज (बिहिबार) बसेको मन्त्रिपरिषद बैठकले डिआईजी बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त रिटमा चैत २० गते सुनुवाई हुने जानकारी दिनुभयो ।