२०८१ पुष ९ , मंगलबार

सफा हिमाल अभियानमा नेपाल लाइफको साथ

सुनाखरी न्युज/ काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ । बिहीबार एक कार्यक्रमका बीच नेपाली सेना सँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो ।

 

नेपालमा पर्वतारोहणका लागि खुल्ला हिमालहरु (खासगरी सगरमाथा क्षेत्र) मा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कमगर्न यो अभियान संचालन गरिएको हो । नेपाली सेनाका सहायक रथीहिमांशु खड्काले सरकारी निकाय, गैर–सरकारी संघ÷संस्था, पब्लिककम्पनीतथानिजी क्षेत्रहरुको सफाहिमालअभियानमा साथपाउनु खुसीको कुरा भएको बताउनु भयो । उहाँले नेपाललाइफले सामाजिक उत्तरदायित्वलाई सफाहिमालअभियान नै छनौट गरी यसको स्टेकहोल्डर बन्नु सरहानियभएको बताउनु भयो ।

 

नेपाल लाइफका कार्यवाहक प्रमुखकार्यकारी अधिकृत सुशीलकुमार चौधरीले विश्वमान चित्रमा नेपालको उचाइको गौरवलाई स्वच्छ र सफाहिमालले सुन्दर देशका रुपमा परिचयकायमगर्न सहयोग गर्ने कुरालाई मननगर्दै ‘सफाहिमालअभियान २०२२’माहातेमालो गरेको प्रष्ट्याउनु भयो । कार्यक्रममा नेपाललाइ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र नेपाली सेनाका तर्फबाट श्री राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालय जंगीअड्डाका सहायक रथी हिमांशु खड्काले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।