२०८१ पुष ९ , मंगलबार

रियलमीद्वारा ‘१०० डेज रिटेलर स्किम’ विजेताहरुको घोषणा

सुनाखरी न्युज/ काठमाडौं । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको रियलमी स्मार्टफोन ब्रान्डले आफ्नो १०० डेज रिटेलर स्किमको विजेताहरुको घोषणा गरेको छ।

 

यो स्किम नेपालभरि रहेका १००० भन्दा बढी रियलमी ब्रान्डको रिटेलरहरुबीच १०० दिन चलेको थियो। विजेताहरुलाई विभिन्न आकर्षक उपहारहरु चैत ९ का दिन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो। गत वर्षको सेप्टेम्बर २१ देखि चलेको यो स्किम डिसेम्बर २१ मा अन्त्य भएको थियो। सबै विजेता रिटेलरहरुलाई उक्त कार्यक्रममा उपहारहरु वितरण गरिएको थियो। ए२जेड मोबाइल्स् नारायणघाटले प्रोटोन सागा कार जितेको थियो। मुनिस गिरी (रियलमी नेपाल प्रमुख), दीपक नाक्रा (बिक्री निर्देशक), सक्क्षम जाटिया (कार्यकारी निर्देशक, शंकर ग्रुप) र सुलभ अग्रवाल (उपाध्यक्ष, शंकर ग्रुप) को उपस्थितिमा उपहार वितरण कार्यक्रम गरिएको थियो।

 

रियलमी नेपालमा लन्च भएसँगै यो स्किम सबै वितरण च्यानलहरुका लागि खुला गरिएको थियो। यो स्किम लन्च हुँदा रियलमीको चारवटा स्मार्टफोनहरुमात्र नेपाली बजारमा उपलब्ध थिए – रियलमी सी२१, रियलमी सी२०, रियलमी सी११ २०२१, र रियलमी ८। पहिले कहिल्यै नदेखिएको मूल्य र आक्रामक बजार रणनीतिका साथ यी स्मार्टफोनहरु नेपाली बजारमा ल्याइएका थिए।