सुनाखरी न्युज/ काठमाडौँ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अबधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको हो।
२ हजार ५ सय १६ जनाको पीसीआर परीक्षण गर्दामा १६ जना र १ हजार ३ सय १९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ७५ जना निको भएका छन् भने हाल देशभर १ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९ सय ७१ जना होम आइसोलेसनमा रहेका छन् भने ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५ सय ५९ पुगेको छ भने योसँगै नेपालमा जम्मा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८१ पुगेको छ भने ९ लाख ६५ हजार ४ सय ६९ जना संक्रमणमुक्त भएका छन् ।