२०८१ पुष २२ , सोमवार

कालिकोटको माओवादी केन्द्रले प्रवेश गरायो दर्जनौं नेता कार्यकर्ता

सुनाखरी न्युज/ काठमाडौं । बिप्लव नेतृत्वको नेकपा लगायात विभिन्न पार्टी परित्याग गरि कालिकोट ,ओखलढुंगा ,खोटाङ ,सिधुपाल्चोक ,अछाम, सिन्धुली जिल्लाका दर्जनौं नेता कार्यकर्ता जो आफ्नो पुर्व पार्टीमा विभिन्न तह तप्कामा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनु भएको कमरेड हरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )मा समाहित हुनु भएको छ ।

 

निवर्तमान रास्ट्रिय सभा सदस्य जीवन बुढाले” विभिन्न समयमा अलग भएका सम्पुर्ण माओवादी केन्द्रलाई नजिदै गरेको स्थानिय चुनावमा सम्पुर्ण नेता कार्यकर्ता लाग्न र माओवादी केन्द्रलाइ १ नम्बर पार्टी बनाउन लाग्न साथै माओवादीले ल्यायका उपलब्धिहरु गुम्ने खतरा समेत रहेकोले यस्को रक्षाका निम्ति सम्पुर्ण माओवादी घटकको यकता अपरिहार्यता रहेको छ” । “तपाईंहरुको आगामी राजनीतिक जीवन अझ सफल अनि सबल होस र क्रान्तिका बाकी कार्यभार पूरा गर्न हरदम हरपल लाग्नु हुनेछ भन्ने पुर्ण बिश्वास लिएको छु ” भनेर यश सम्पर्क समन्वयका अध्यक्षले नवपार्टी प्रवेशिलाइ भन्नू भयो ।

 

नेकपा (माओवादी केन्द्र ) कालिकोट-काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष गोरक्षे महतारा(भौतिक )को अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अथितिको रुपमा निवर्तमानमा रास्ट्रिय सभा सदस्य जीवन बुढा , कालिकोट इञ्चार्ज धनकृष्ण चौलागाईं (गजेन्द्र ),राजन घिमिरे लगायतको उपस्तिथि थियो । विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा समाहित हुन आउने नेताकार्यकर्तालाई सम्पर्क समन्वय समितिको कार्यालय ,बागबजारमा प्रवेश गराइएको छ ।