२०८१ आश्विन १३ , आइतवार

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अध्यक्षमा फणिराज लोहनी (राजु) चयन

सुनाखरी न्युज/ काठमाडौं । पुर्नगठित राष्ट्रिय प्रजातान्त्रिक राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष फणिराज लोहनी राजु चयन हुनुभएको छ । त्यसै गरी उपाध्यक्ष गुणराज राजभण्डारी,महा-सचिव सुजित के.सी चयन भएका छन ।

 

नियुक्ती पछी लोहनीले भने युवा भनेका वायु हुन । हामी अब वायु जसरी पार्टिका लागी काम गर्ने बताउनु भएको छ । लोहनीले कार्यक्रम लाई सम्बोधन गर्दै भने ‘सरकारले जनता माथी खेलवाड गरेको छ, सरकारको यस्तो कार्य प्रति राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आपत्ती जनाएको छ ।

 

नागरिकको जीवनयापन अत्यन्तै असहज र कष्टकर भइरहेको बेला जनतालाई राहत दिनुको सट्टा सरकारले झन् पिडा दिएको लोहनीको आरोप छ ।  उनले भने संगठन लाई देशव्यापी बनाउन सबै युवा साथिहरु लाई आग्रह गर्नु भएको छ ।