२०८१ पुष ९ , मंगलबार

स्र्टाटअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलको सहभागिता

सुनाखरी न्युज/ काठमाडौं । लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इबिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको छ ।

 

डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकहरुलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने समेत उद्देश्यले यो योजना आयोजना गर्न लागिएको हो । आज गण्डकी प्रदेशबाट आरम्भ भएको यो कार्यक्रममा एनआइबिएल एस क्यापिटल लिमिटेडले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको एनआइबिएल एस ले यस कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउने र आफ्नो संस्थागत परामश सेवामार्फत् नविनतम योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य रहेको बताइएको छ ।

 

एनआइबिएल एस ले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन एबिल,व्यवसायको सम्भाव्यता अध्ययन गर्ने,पूँजी संकलन गर्ने ऋण संकलनमा वित्तिय संस्था र व्यवसायी बिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।