सुनाखरी न्युज/ ताप्लेजुङ –
गए राति परेको चट्याङ लागेरे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मुत्यु भएको छ ।
आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो ।
चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पु-याइएकामा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए । रासस