२०८१ मंसिर १० , सोमवार

भारु ८६ हजार पाँच सयमा सार्वजनिक भयो सुजुकीको एभिनिस १२५ स्ट्यान्डर्ड संस्करण

सुनाखरी न्युज/ काठमाडौं –

भारतीय बजारमा सुजुकीको एभिनिस १२५ स्कुटरको स्ट्यान्डर्ड संस्करण सार्वजनिक भएको छ। भारतीय अखबार अटो बिजका अनुसार एभिनिस १२५ हाल बजारमा सबैभन्दा धेरै बिक्री हुने शीर्ष १०को सूचीमा पर्न सफल स्कुटर हो।

 

जापानी अटोमोबाइल निर्माता कम्पनी सुजुकी मोटर कर्पोरेसनले केही समय अघि मात्रै एभिनिस १२५ सार्वजनिक गरेको हो। ग्राहकहरूको मागलाई पूरा गर्न कम्पनीले यसको स्ट्यान्डर्ड संस्करण पनि सार्वजनिक गरेको हो, जसको सुरुवाती बजार मूल्य भारतीय ८६ हजार पाँच सय रुपैयाँ तोकिएको छ। यो भनेको एभिनिस १२५को तुलनामा भारु ३ हजार बढी हो।

 

सुजुकी एभिनिस १२५ स्ट्यान्डर्ड संस्करणमा पेट्रोल हाल्नको सिट नै खोलेर बस्नु पर्दैन। यसमा बाहिरबाटै फ्युल ट्यान्ङ खोल्न मिल्ने विशे‍षता दिइएको छ।  त्यस्तै, स्कुटरमा ठूलो डिकी क्षमता, एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प लगायत विशेषताहरू दिइएको छ।यसमा सिंगल सिलिन्डर १२५ सिसी फ्युल इन्जेक्टेड एयर-कुल्ड इन्जिन दिइएको छ। जसले ६,७५० आरपिएममा ८.७ पिएस पावर र ५,५०० आरपिएममा १० एनएम टर्क जेनेरेट गर्छ। स्कुटरको कुल तौल जम्मा १०६ किलो छ।

 

 

सुजुकी एभिनिस १२५ स्ट्यान्डर्ड ग्रे, हरियो, सुन्तले रंग, कालो, सेतोलगायत विभिन्न रंग विकल्पमा उपलब्ध छ। यो स्कुटरले बजारमा उपलब्ध टिभिएस एनटर्क १२५, अप्रिलिया एसआर १२५, होन्डा ग्राजिया १२५ र यामाहा रेजेडआरसँग प्रतिस्पर्धा गर्नेछ। एजेन्सी