२०८१ पुष २८ , आइतवार

नेप्सेमा ३०.८९ अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३०.८९ अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ४१ विन्दुमा रोकिएको हो ।

त्यस्तै, आज १ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १३४७.२० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४५१.४० रुपैयाँ पुगेको छ । त्यस्तै, नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११६१.२० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर र सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ९ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।