२०८१ आश्विन १४ , सोमवार

गाडी भाडा बढ्यो,कहाँ जान कति ? (भाडादरसहित)

सुनाखरी न्युज/ काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ । सरकारले विभिन्न आधार बनाएर अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

 

विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर १० प्रतिशतले वृद्धि गरेको छ । यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा १३ प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा १५ प्रतिशतले बढेको छ ।

 

बढेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ ।

कुन रुटमा कति पुग्यो भाडा ?