२०८१ पुष १४ , आइतवार

भारतको दिल्लीमा मदिरा विक्रीमा भारी छुट

सुनाखरी न्युज/ काठमाडौं –

भारतको दिल्लीमा रक्सी बेच्ने निजी पसलहरूले अब सस्तोमा रक्सी बेच्न पाउने भएका छन् । भारतको उत्पादन शुल्क विभागले मदिरा बिक्री गर्ने निजी पसलहरूलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) मा २५ प्रतिशतसम्म छुट दिन अनुमति दिएको छ ।

 

समाचार एजेन्सी पीटीआईको रिपोर्टमा भनिएको छ । फेब्रुअरीमा दिल्ली सरकारले रक्सीका बोतलहरूमा छुट र बिक्री योजनामा प्रतिबन्ध लगाएको थियो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी बन्देजको पालना नगरेको र बजारमा भइरहेको अनुचित व्यवहारका कारण यो निर्णय गरिएको हो । दिल्लीको एक्साइज कमिश्नरले छुट सहित रक्सी बिक्रीको लागि आफ्नो स्वीकृति दिए ।

 

 

यो आदेश अनुसार भातरको राजधानी क्षेत्रका मदिरा बिक्री गर्ने निजी पसलले एमआरपीमा २५ प्रतिशतसम्म छुट दिन सक्नेछन् । यस अवधिमा दिल्ली एक्साइज नियम, २०१० को धारा २० लाई कडाईका साथ पालना गर्नुपर्नेछ । दिल्लीमा मदिरा बेच्ने इजाजतपत्र प्राप्त गर्ने पसलहरूले तोकिएका नियम र सर्तहरू कडाईका साथ पालना गर्नुपर्नेछ र कुनै उल्लंघन गरेको खण्डमा दिल्ली अन्तःशुल्क ऐन अन्तर्गत कडा कारबाही गरिने उल्लेख छ ।

 

 

तर, अन्तःशुल्क आयुक्तको आदेशमा भनिएको छ, “जनहितलाई ध्यानमा राखी जुनसुकै बेला छुट फिर्ता लिने अधिकार सरकारमा निहित छ । छुट दिने निर्णयलाई निरन्तरता दिन सरकारलाई कुनै बाध्यता छैन ।’’   एजेन्सी