सुनाखरी न्युज/ काठमाडौं । टोस्टमास्टर्स नेपालको चौँथो वार्षिक डिभिजन सम्मेलन चैत्र २६गते शनिबार ठमेलको अलफ्ट काठमाडौँमा आयोजनाहुने भएको छ ।बिहान ८ बजेदेखि बेलुकी ५ः३० बजेसम्म हुने उक्त सम्मेलनमानेपालभरका कर्पोरेट, व्यवसायिक संगठन र अन्य समुदायका करिब ४५० सदस्यहरु उपस्थित हुनेछन् ।
यो कार्यक्रमको मुख्य आकर्षण हयुमरस स्पीच प्रस्तुतिरहेको छ जसमा विभिन्न ३ डिभिजनका प्रतिनिधिहरुले ह्युमरस स्पिच कसरी दिने भन्ने विषयमा प्रस्तुति दिनेछन् । हरेक वर्ष एक जना गैर टोस्टमास्टरलाई उनको संचार र नेतृत्व क्षमताको लागि “दि कम्युनिकेटर अवार्ड” प्रदान गरिन्छ। २०१९ मा भएको साइटेसन सम्मेलनमा रेडियो नेपालका लोकप्रिय रेडियोकर्मी कृष्णा ताम्राकारलाई उक्त अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममाटोस्टमास्टर्स सदस्यहरुले आफ्नो गायन तथा सांस्कृतिक प्रतिभा प्रदर्शन गर्नेछन् ।
सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबाट शुरुवात भएको टोस्टमास्टर्समा सन् २०१७ सम्म पहिलो कर्पोरेट क्लब–लक्ष्मी बैंक टोस्टमास्टर्स क्लब लगायत ८ वटा क्लब मात्र थियो । त्यसपश्चात डिस्ट्रिक्ट ४१ को हिस्सा भएकाले विगतका केहि वर्ष यता क्लबहरु विस्तारको क्रम बढ्ढो रहेको छ । बैंक, शैक्षिक संस्था, पर्यटन उद्यमी, चाटर्ड एकाउन्टेन्ट, शिक्षक, महिला, उद्यमी र अन्य कार्यरत व्यवसायी गरेरहाल ५२ वटा क्लब र १३०० भन्दा बढि सदस्यहरु रहेका छन् । डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर डीटीएम रञ्जित आचार्यज्युले भन्नुभयो“नेपालले डिस्ट्रिक्ट ४१ टोस्ट्मास्टर्स पहिलो चोटि आयोजना गर्दैछ र साइटेसन २०२२ कोउत्तर र पूर्वी भारत तथा बंगलादेश जस्ता सदस्य राष्ट्रहरुले उत्साहको साथ प्रतीक्षा गरिरहेका छन् । यो सम्मेलनले सम्पूर्ण नेपाली टोस्टमास्टर्सहरुलाई एकताबद्ध गर्नेछ ।”
डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथ डिरेक्टरडीटीएमसुमन शाक्यज्युले भन्नुभयो, “साइटेसन २०२२ टोस्टमास्टर्स काठमाडौँका सदस्यहरूका लागि मात्र नभएर पोखरा, चितवन, वीरगन्ज, बुटवल, भैरहवा, धरान र झापाका टोस्टमास्टरहरूको लागि पनि सिक्ने, सञ्जाल विस्तार गर्ने र आफ्नो व्यक्तित्व विकास गर्ने सुनौलो अवसर हुनेछ ।”