२०८१ मंसिर १० , सोमवार

नेप्सेमा भारी गिरावट

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से ४६.४६ अंकले घटेर दुई हजार ४ सय ५२ दशमलब ६ विन्दुमा रोकिएको हो । सोमबार नेप्से १५.९४ अंकले घटेर दुई हजार ४ सय ९७ दशमलब ४७ विन्दुमा बन्द भएको थियो ।

 

त्यस्तै, आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । शेयर बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ ।

 

आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७५६.१० रुपैयाँ पुगेको छ भने नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४०५ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज इमर्जिङ नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमेटेडको भएको छ । यस कम्पनीको आज ९ करोड ६७ लाख भन्दा बढीको कारोबार भएको