सुनाखरी न्युज/ काठमाडौं –
भारतको उत्तर प्रदेश (यूपी) मा फेरि एक पटक दर्दनाक घटनामा कुकुरको संलग्नता पाइएको छ । त्यहाँ कुकुरले पाँच वर्षकी एक बालिकालाई सिकार बनाएको छ । यस घटनापछि स्थानीय स्तरमा आतंक फैलिएको छ ।
यसैगरी हापुडको जनपद निवासी एक व्यक्ति जेपीनगरस्थित ससुराल गएका थिए, जहाँ भुस्याहा कुकुरको आक्रमणमा उनका ९ वर्षीय छोराको ज्यान गएको थियो । चिलकाना क्षेत्रमा पर्ने बुड्ढाखेडा गाउँमा जावेद नाम गरेका व्यक्ति आइतबार साँझ घरबाट पसलतर्फ गएका थिए । घर पसलबीच खाली खेत छ । पाँच वर्षकी छोरी शिफा उनको पछिपछि आएकी थिइन् । छोरी पछिपछि आइरहेको उनलाई थाहा थिएन ।
यसैबीच जब छोरी खेतमा पुगिन्, भुस्याहा कुकुरको समूहले ती बालिकामाथि आक्रमण गरेको थियो । कुकुरले उनलाई घिसारेर अर्को खेतमा लगेको थियो । यो घटनामा उनको तत्कालै मृत्यु भएको थियो । राति जब जाबेद पसलबाट फर्केर आए, छोरीलाई घरमा भेटेनन् । परिवारले छोरी उनको पछिपछि नै गएको बताए । त्यसपछि परिवार र गाउँका मानिसले बालिकाकोे खोजी गरे ।
धेरै समयको खोजीपछि बालिकाको शव खेतमा क्षत विक्षत अवस्थामा प्राप्त भएको थियो । बालिकाको शव फेला परेपछि परिवारमा आतंक मच्चिएको थियो । परिवारले प्रहरीलाई यस घटनाको बारेमा सूचित गरेपछि राति अबेर बालिकाको अन्त्येष्टि गरिएको छ । एजेन्सी