२०८१ मंसिर ९ , आइतवार

उत्तर प्रदेशका कुकुरले मान्छे खान थाले, सहारनपुरमा ५ वर्षकी बालिका र हापुडमा ९ वर्षका बालकको लिए ज्यान

सुनाखरी न्युज/ काठमाडौं –

भारतको उत्तर प्रदेश (यूपी) मा फेरि एक पटक दर्दनाक घटनामा कुकुरको संलग्नता पाइएको छ । त्यहाँ कुकुरले पाँच वर्षकी एक बालिकालाई सिकार बनाएको छ । यस घटनापछि स्थानीय स्तरमा आतंक फैलिएको छ ।

 

यसैगरी हापुडको जनपद निवासी एक व्यक्ति जेपीनगरस्थित ससुराल गएका थिए, जहाँ भुस्याहा कुकुरको आक्रमणमा उनका ९ वर्षीय छोराको ज्यान गएको थियो । चिलकाना क्षेत्रमा पर्ने बुड्ढाखेडा गाउँमा जावेद नाम गरेका व्यक्ति आइतबार साँझ घरबाट पसलतर्फ गएका थिए । घर पसलबीच खाली खेत छ । पाँच वर्षकी छोरी शिफा उनको पछिपछि आएकी थिइन् । छोरी पछिपछि आइरहेको उनलाई थाहा थिएन ।

 

यसैबीच जब छोरी खेतमा पुगिन्, भुस्याहा कुकुरको समूहले ती बालिकामाथि आक्रमण गरेको थियो । कुकुरले उनलाई घिसारेर अर्को खेतमा लगेको थियो । यो घटनामा उनको तत्कालै मृत्यु भएको थियो । राति जब जाबेद पसलबाट फर्केर आए, छोरीलाई घरमा भेटेनन् । परिवारले छोरी उनको पछिपछि नै गएको बताए । त्यसपछि परिवार र गाउँका मानिसले बालिकाकोे खोजी गरे ।

 

धेरै समयको खोजीपछि बालिकाको शव खेतमा क्षत विक्षत अवस्थामा प्राप्त भएको थियो । बालिकाको शव फेला परेपछि परिवारमा आतंक मच्चिएको थियो । परिवारले प्रहरीलाई यस घटनाको बारेमा सूचित गरेपछि राति अबेर बालिकाको अन्त्येष्टि गरिएको छ ।  एजेन्सी