सुनाखरी न्युज/ काठमाडौं –
श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षेले मंगलबार अबेर राती देशव्यापी आपतकाललाई तत्कालका लागि हटाउने निर्णय गरेका छन् ।
देशको गहिरिँदो आर्थिक संकटका कारण सर्वसाधारणको हिंस्रक प्रदर्शनलाई मध्यनजर गर्दै १ अप्रिलमा देशका आपतकाल लागू गरिएको थियो । मंगलबार अबेर राती जारी सूचनामा राष्ट्रपतिले आपतकाल नियम अध्यादेश फिर्ता लिइएको बताएका छन् ।
साथै, गोटाबाया राजपक्षेको सरकार अल्पमतमा आइसकेको छ । उनका सबै २६ मन्त्रीको राजीनामा पछि अब सरकारसँग विपक्षका साथै उनका पूर्व सहयोगी दलले पनि उनको राजीनामाको माग गरेका छन् ।
श्रीलङ्का यतिबेला हालसम्मको सबैभन्दा ठूलो आर्थिक संकटसँग जुधिरहेको छ । देशमा इन्धनदेखि खानपिनका सामग्रीको भारी कमी छ । देशले रेकर्ड मुद्रास्फिति र बिजुलीको कटौतीको सामना गरिरहेको छ । एजेन्सी