२०८१ मंसिर ७ , शुक्रवार

नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट, एक अर्ब ९९ करोडको कारोबार

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से २३.३२ अंकले घटेर दुई हजार ४ सय २८ दशमलब ७५ विन्दुमा रोकिएको हो ।

 

मंगलबार नेप्से ४६.४६ अंकले घटेर दुई हजार ४ सय ५२ दशमलब ६ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज एक अर्ब ९९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २२ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ ।

 

आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४५.५० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज इमर्जिङ नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज ८ करोड ९८ लाख भन्दा बढीको कारोबार भएको छ ।