सुनाखरी न्युज/ काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन ।
३ हजार ३ सय ५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४ सय ४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ५७ जना निको भएका छन् भने हाल देशभर ७ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् ।