२०८१ आश्विन ५ , शनिवार

अब ट्विटरमा एडिट विकल्प हुने, ट्विट सम्पादन गर्न सकिने

सुनाखरी न्युज/ काठमाडौं –

ट्विटरले आफ्नो प्लेटफर्ममा नयाँ विशेषता थप्ने भएको छ। अब ट्विटरमा एडिट विकल्प हुने प्राविधिक समाचार वेबसाइट द भर्जले जनाएको छ। योसँगै प्रयोगकर्ताले आफ्नो ट्विट सम्पादन गर्न सक्नेछन्।

 

हाल ट्विटरले प्रयोगकर्तालाई यो सुविधा दिएको छैन। धेरै प्रयोगकर्ताहरूका माग अनुसार नै कम्पनीले एडिट विकल्प थप गर्ने निर्णय लिएका ट्विटरले जनाएको छ। ‘सबैले चाहेको त होइन। तर गत वर्षदेखि हामी ट्विटरमा एडिट विकल्प थप्ने विषयमा काम गरिरहेका छौं,’ ट्विटर कमाजले ट्विटमा लेखेको छ, ‘अनि एडिट विकल्पबारे हामीले पोलमार्फत आइडिया पनि लिएका होइनौं।’

 

टेस्ला र स्पेस एक्सका सिइओ एलन मस्कले मंगलबार ट्विटरमा एक पोल गर्दै ट्विटरमा एडिट बटन राख्नेबारे मत मागेका थिए। एलन मस्कले ट्विटरमा पोल क्रिएट गरे पश्चात याे विषय निकै चर्चित बनेको थियो। ट्विटरको ९.२ प्रतिशत सेयर किनेपछि मस्कले एडिट बटन राख्नेबारे ट्विटरमै मत मागेका हुन्। तर ट्विटरका अनुसार एलन मस्कको पोलभन्दा धेरै अघिदेखि नै कम्पनीले एडिट विकल्प राख्ने विषयमा अध्ययन गरिरहेको थियो।

 

प्रयोगकर्तामाझ पनि ट्विटरमा एडिट विकल्प हुनुपर्ने विषयमा लामो समयदेखि बहस चलिरहेको थियो। ट्विटर उपभोक्ता उत्पादनका उप प्रमुख जे सुल्लीभानका अनुसार पनि एडिटिङ विकल्प हुनुपर्ने ट्विटरमा सर्वाधिक अनुरोध गरिएको विशेषता हो। र, कम्पनीले यसबारे लामो समयदेखि काम पनि गर्दैछ। एजेन्सी