२०८१ मंसिर ८ , शनिवार

प्रधानमन्त्रीद्वारा आजदेखि टाइफाइड बिरुद्दको खोप अभियानको शुभारम्भ

सुनाखरी न्युज/ काठमाडौं । आजदेखि देशभर टाइफाइड बिरुद्दको खोप अभियान शुरु भएको छ । यो अभियानको प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाडौंमा शुभारम्भ गर्नुभयो ।

 

काठमाडौँको दरबार हाइ स्कुलमा प्रधानमन्त्री देउवाले टाइफाइड खोप अभियानको शुभारम्भ गर्नुभएको हो। यो खोप अभियान आउँदो वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ ।

 

सरकारले १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन शुरु गरेको हो। यो अभियान सात वटै प्रदेशमा आजैबाट शुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।