२०८१ आश्विन ६ , आइतवार

२० देशमा नयाँ राजदूत : परराष्ट्र सेवाबाट ८ जना र दलहरुबाट १२ जना सिफारिस

सुनाखरी न्युज/ काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेका २० देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को हिजो अपराह्न बसेको बैठकले परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार दलहरुको सिफारिसमा १२ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा नियुक्तिको सिफारिस गरेको हो ।

 

निर्वाचन आचारसंहिता लागु हुनु अघि सरकारले यो निर्णय गरेको हो । सिफारीस हुनुहुनेहरुमा नवराज सुवेदी, डा.रामस्वार्थ राय यादव, नरेश विक्रम ढकाल, ज्योति प्याकुरेल, कान्ता रिजाल, डिल्लीराज पौडेल, कैलाश पोखरेल, मिलन तुलाधर, शर्मिला पराजुल ढकाल, वासुदेव मिश्र, दानबहादुर तामाङ र विष्णुपुकार श्रेष्ठ रहेका छन् ।

 

त्यस्तै परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी , निर्मला काफ्ले, भरतकुमार रेग्मी, सुशीलकुमार लम्साल, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम भण्डारी राजदूत नियुक्तिका लागि सिफारिस हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।