२०८१ पुष १२ , शुक्रवार

एनएमबि बैंक र दराज प्रा.लि. बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । एनएमबि बैंक लिमिटेडले २०७८चैत्र२३ गते बुधबारको दिनअनलाईन बजार दराजसँग नयाँ नेपालीवर्षको अवसरमाअनलाइन सपिङ्गगर्दा छुट प्रदानगर्ने सम्बन्धी सम्झौता गरेको छ ।

 

बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामानखरिद गरि अनलाइन बाटै भुक्तानी गर्दा १५% सम्मछुट प्राप्तगर्न सक्नुहुनेछ । उक्त सम्झौतापत्रमा बैंकका तर्फ बाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँललेले हस्ताक्षर गर्नु भएको हो । बैंकको कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नववर्ष २०७९अभियान २०७८ चैत्र २८ को दिनदेखि सिमित समयको लागी डेबिट कार्ड मार्फतअग्रिमभुक्तानीमाअधिकतम १०% वा रु १,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु १,५०० सम्मको छुट प्राप्तगर्न सक्नुहुनेछन् । उक्त छुट प्रप्तगर्नको लागिग्राहकहरुलेआफ्नो कार्डमा ई–कमर्स सक्रियगर्नु पर्छ । बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सहजै सक्रियगर्न सकिने र क्रेडिट कार्ड सरल प्रक्रियाबाट प्राप्तहुने जानकारी गराएको छ ।

यस सम्झौताको मुख्य उद्देश्य बैंककाग्राहकहरुलाई नयाँवर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामानखरिद र भुक्तानीगर्दा छुट प्राप्तगर्न सकिने अवसर प्रदानगर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदाग्राहकमहानुभावहरुलाई विशेष सहयोग पुग्ने विश्वास दराजले लिएको छ । एनएमबि बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानितभएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागीपनिउक्तपत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘बैंक अफदिइयर नेपाल’प्राप्तगरि सकेकको छ ।

 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ ।