२०८१ पुष ११ , बिहिवार

गिरिजा प्रसाद कोइराला फाउन्डेसनको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा बुढानीलकण्ठमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। बुढानीलकण्ठ नगरपालिका– ४ मा आयोजित कार्यक्रम फाउन्डेसनको आयोजना र नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिका कार्यसमिति तथा ४ नम्बर वडा कार्यसमितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

 

कार्यक्रममा चार सय जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ। ४ नम्बरका वडा सदस्य राम केसीका अनुसार कार्यक्रममा काठमाडौं मेडिकलक लेजका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए। शिविरमा बाल रोग, नाक, कान, घाँटी, स्त्रीरोग, शल्यक्रिया, हाडजोर्नी, आँखा र दाँतको निःशुल्क परीक्षण गरिएको थियो।

 

त्यस्तै, कार्यक्रममा इसिजी, एक्स–रे, भिडियो एक्स–रे तथा रगत र पिसाबको निःशुल्क परीक्षण गरिएको थियो। स्वास्थ्य शिविरमा काठमाडौं मेडिकलकलेजले ल्याबको व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ५ का सभापति श्याम बहादुर खड्का, कांग्रेस क्षेत्र नम्बर ५ का सभापति तथा ४ नम्बर वडाध्यक्ष राजु खड्का र वडा नम्बर ४ का कांग्रेस सभापति श्याम खड्का लगायतको उपस्थिति रहेको थियो।