२०८१ मंसिर ८ , शनिवार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनाखरी न्युज/ काठमाडौं –

बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-८ बाँनियाटार बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ ठेगाना भएका ३१ वर्षीय राजु भण्डारी र काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने झापा गौरादह नगरपालिका-५ ठेगाना भएका ५० वर्षीय उपेन्द्र प्रसाद ढुंगाना रहेका छन् ।

 

उनीहरूमध्ये राजु भण्डारीलाई उच्च अदालत पाटन ललितपुरको २०७८ बैशाख २९ गतेको फैसलाले ७ लाख २ हजार ५ सय रूपैयाँ जरिवाना ठहर भएको तथा उपेन्द्र प्रसाद ढुंगानालाई उच्च अदालत विराटनगर, ईलाम ईजालसबाट बैंकिङ कसूर मुद्दामा २०७८ पुस २२ गते पक्राउ अनुमति जारी भएको थियो ।

 

राजुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ भने उपेन्द्र प्रसादलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दमक पठाइएको छ ।