२०८१ कार्तिक १६ , शुक्रवार

सिटिजन्स बैंक र पार्क सफारी रिसोर्ट प्रा.लि.बीचसमझदारी

सुनाखरी न्युज/ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सौराहा, चितवन स्थितपार्क सफारी रिसोर्ट प्रा.लि.बीचसिटिजन्स बैंकका कार्डबाहकहरूलाई १०%छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा१०%छुट पाउनेछन् । यस किसिमको सहकार्य बाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले हालसम्मकार्ड नभएका आफ्ना ग्राहकहरु लाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । यस्तै मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिलभुक्तानी, प्रिपेड तथापोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल९यो सुविधा मार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधालिएकाग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् र मुद्दती खाताको आवेदनदिन सक्ने लगायतकाव्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ । हालै बैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि चैत्र ७गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागिलागू हुने गरि विभिन्न सेवा सुविधामाभारी छुट र क्यासब्यक, लगायतका योजनाहरु पनि सार्बजनिक गरेको हो ।

 

सो योजनाअन्तर्गत डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत रु १००० वा बढीको कारोबार गर्दा एकमुष्ठ रु २०० क्यासब्याक दिइने छ । साथै, रु ५,००,००० सम्मको दुर्घटना मृत्यु बीमातथा रु ५०,००० सम्मको स्वास्थ्यबीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागिनि : शुल्क डेविट कार्ड, मोबाइल÷ इन्टरनेट बैंकिङ्ग, डिम्याट खाताप्रदानगर्नुका साथै देशभरका कुनै पनि बैकको ए.टि.एम बाट निःशुल्क रकमनिकाल्न सकिने व्यवस्था गरेको समेत जानकारी बैंकले गराएको छ ।

 

डिजिटल बैंकिङ्गलाई सधंै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नाआदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदानगर्ने अभिप्रायका साथ यस अघि नै कियोस्क सेवाको सुरुवातपनि गरेको छ । कियोस्क मार्फत प्रारम्भिक रुपमाग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बंैककाशाखाको विवरणहरु प्राप्तगर्ने जस्ता सेवा बैककाकर्मचारीको सहयोग बिना नै प्राप्तगर्न सक्नुहुनेछ । साथसाथै यस बैंककाग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधानप्राप्तहोस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र को समेत स्थापना गरिसकेको छ ।

 

जसबाट बैंककाग्राहक सेवाप्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थितन भईकन 01-5970068 नम्बरमाफोन गरी तथा support@ctznbank.com मा ईमेल गरी प्राप्तगर्न सक्नु हुनेछ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाखभन्दा बढि ग्राहकवर्ग लाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।