२०८१ पुष ९ , मंगलबार

एसियन पेन्ट्स नेपालद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०२१–२२ का विजेताहरुको घोषणा

सुनाखरी न्युज/ काठमाडौं । एसियन पेन्ट्स नेपालले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम क्यालि डोस्कोपको २०२१–२२ संस्करणले नेपालका आशा लाग्दा आर्किटेक्टहरूको प्रतिभा लाई प्रवद्र्धन र प्रदर्शन गर्ने कम्पनीको निरन्तर प्रयासलाई अझ सशक्तबनाएको छ ।

 

यस कर्पोरेट सामाजिकउत्तरदायित्व मार्फत वर्षौंदेखि एशियन पेन्ट्सले नेपालका नवोदित आर्किटेक्टहरूलाई आफ्नो ज्ञान प्रयोग गर्न र केही प्रतिष्ठित लाइभ परियोजनाहरू मार्फत आफ्नो प्रतिभाप्रदर्शन गर्न एउटा मञ्च प्रदानगर्दै आएको छ । एशियन पेन्ट्सले क्यालिडोस्कोपकोपहल मार्फत विद्यार्थीहरूले आफ्नो सिर्जनशीलताव्यक्त गर्ने र उपलब्धिको भावनाविकास गर्ने अवसर पाउनेमा दृढ विश्वास गर्दछ ।

 

यो राष्ट्रिय प्रतियोगिताको,७औं संस्करण हो जसमा विभिन्नआर्किटेक्चरल कलेजहरू– एक्मे इन्जिनियरिङ कलेज, आईओई पुल्चोक क्याम्पस, काठमाडौं इन्जिनियरिङ कलेज, नेपालइन्जिनियरिङ कलेज, हिमालयकलेज अफइन्जिनियरिङ, ख्वपःइन्जिनियरिङ कलेज, आईओई थापाथलीक्याम्पस र आईओई पूर्वाञ्चल क्याम्पसबाट २०७३ ब्याचका ३१ जनाविद्यार्थीले सहभागिता जनाएका थिए । २०२१–२२ को आयोजनागोरखा, पालुङटार नगरपालिकामा रहेको प्रख्यात लिललिगकोट संग्राहालयको डिजाइन गर्ने रहेको थियो र ३० भन्दा बढी सहभागीहरूबाट शीर्ष ५ विजेताको घोषणा चैत्र २३ गते ह्यात रिजेन्सीमागरिएको थियो।

 

कार्यक्रममा प्रमुख अतिथिशिक्षा सचिवयादवप्रसाद कोइराला र विशेष अतिथि गोरखाको पालुङटार नगरपालिकाका मेयर ई. दिपकबाबु कँडेल रहनु भएको थियो । कार्यक्रममा सोना अध्यक्ष आर्किटेक्ट राजेश थापा, नेपालइन्जिनियरिङ एसोसियनका अध्यक्षई. डा. हरिबहादुर दर्लामी, स्क्यापmकाअध्यक्ष ई.तुकलालअधिकारी र आइडिया नेपालका अध्यक्षबिन्द्राप्रधानसहित निर्णायकहरू, कलेज संयोजकहरू, शिक्षकहरू, विद्यार्थीहरू, विगतकाविजेताहरू र एसियन पेन्ट्सका प्रतिनिधिहरू उपस्थित रहेका थिए ।

 

प्रतियोगिताको विजेताआईओर्ईपुल्चोक क्याम्पसकी सुश्री रोजिताअवाले हुनु भयो, उहाँले एसियन पेन्ट्सबाट ७० हजाररुपैयाँनगद पुरस्कार प्राप्त गर्नु भयो । फस्र्ट रनर अप एक्मे इन्जिनियरिङ कलेजकाप्रशान्त देशार हुनुभयो, उहाँले एसियन पेन्ट्सबाट नगद ४०हजार रुपैयाँप्राप्त गर्नुभयो । सेकेन्ड रनर अप काठमाडौं इन्जिनियरिङ कलेजकाअनिलकुँवर हुनुभयो, उहाँले एसियन पेन्ट्सबाट नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । अन्तमा, दुई सान्त्वना पुरस्कार विजेताहरू आईओई पुल्चोक क्याम्पसकाअभिषेक महर्जन र काठमाडौं इन्जिनियरिङ कलेजकी सुश्री प्रियाश्रेष्ठले एसियन पेन्ट्सबाट जनही १० हजार रुपैयाँनगद पुरस्कार प्राप्त गर्नुहुनेछ ।

 

विजेताहरूलाई निर्णयाकहरूको प्यानलद्वारा छनोट गरिएको थियो , जसमाआर्किटेक्ट क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू आर्किटेक्ट ईलाश्रेष्ठ, आर्किटेक्टसंजय प्रधान, आर्किटेक्ट सरोसप्रधान, आर्किटेक्टनरेश मान सिंह अमात्य र आर्किटेक्ट रमा मैयामानन्धरको साथमा पर्यवेक्षकका रूपमा आर्किटेक्टलोकेन्द्र आचार्य र सल्लाहकार आर्किटेक्टविनोद न्यौपाने लगायतका व्यक्तित्वहरू हुनुहुन्थ्यो ।