२०८१ मंसिर ११ , मंगलबार

याद बनी गयौं

मेलिना राई –

नभेटिने,नमेटिने याद बनी गयौं ।
हिजो थियौ,आज केबल सम्झनामा रह्योँ।।
मन दुख्छ,झर्छ आँसु हेर्दा तिम्रा तस्वीर ।
गगनमा देखिने त्यो चन्द्रमा झैँ भयौं ।।

 

खै कसरी मुस्कुराउनु तिमी छैनौं यहाँ ।
भगवानको प्यारि भयौं खोजु म कहाँ ।।
नभएसी भाग्यमा कहाँ मिल्थ्यो हाँसो ।
खुशी हुने/दिने चिजको अभाव छ जहाँ ।।

 

शुन्य लाग्छ यो सहर नि छोडेपछि साथहरू ।
उदास,फिक्का लाग्छ त्यो पुर्णिामाको रातहरु।।
निस्ठुरी भो दैब पनि खोस्यो सारा खुशि।
नदेखिने दुर गयौं हल्लाउँदै हातहरु।।

 

सिमसिम पानी,तुवाँलो र कालो बादल-भित्र ।
आसु पुछ्दै खोज्छिन आमा अझै तिम्रै चित्र।।
तितो,अतीत तर सत्य स्विकार्नु छ आखिर।
सोध्छ्न तिम्रै नाम लिदै साथी-भाइ मित्र।।