२०८१ आश्विन ५ , शनिवार

नयाँ वर्षमा सुबिसुको शुभकामना अफर, आकर्षक मूल्यमा ४ डिजिटल टिभी सहित हाईस्पिड इन्टरनेट

सुनाखरी न्युज/ काठमाडौं –

इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले नयाँ वर्षको अवसरमा आकर्षक शुभकामना अफर सार्वजनिक गरेको छ । कम्पनीले चार ओटा डिजिटल टिभीसहितको उच्च गतिको इन्टरनेट प्याकेज आकर्षक मूल्यमा उपलब्ध गराउने भएकोहो ।

 

कम्पनीका अनुसार ग्राहकले शुभकामना अफर अन्तर्गत केवल मासिक १७७० रुपैयाँमा प्रिमियम प्याकेज सहित चार डिजिटल टिभी र ६५० एम बीपी एस गतिको इन्टरनेट प्याकेज प्राप्त गर्न सक्ने छन् । जसका लागि ग्राहकले एक वर्षको प्याकेज लिनु पर्नेछ ।

 

वार्षिक प्याकेजको मूल्य भ्याटबाहेक २१ हजार २३९ रुपैयाँ रहेको छ । यो प्याकेजमा डुअलब्यान्ड ओएनयू ९५ गिगाहर्ज०, एक्टिभेसनचार्ज, एक्टिभेसन सहित एउटा क्लियर टिभी सेटटपबक्स र वायर समावेश गरिएको छ ।