२०८१ आश्विन ६ , आइतवार

नेपाल बार एसोसिएसनमा सत्ता गठबन्धनका घिमिरेको प्यानलै विजयी, कसको कति मत ?

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल बार एसोसिएसनको अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।

 

सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका घिमिरेले करिब दुई हजार मतान्तरसहित बारको अध्यक्षमा निर्वाचित भएका हुन् । उनले कांग्रेसको १४ औँ महाधिवेशनको केन्द्रीय निर्वाचन समितिका संयोजक थिए । घिमिरेले ४४७४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २४८२ मत पाएका छन् ।

 

 

त्यस्तै, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ १२३, अधिवक्ता पृथ्वीनाथ राई १४२, अधिवक्ता अनिता जधारी ७३, अधिवक्ता उत्तमबहादुर श्रेष्ठ ३७, अधिवक्ता कमलप्रसाद मलेगो २८ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले ४५ मत प्राप्त गरेका छन् । बारको चैत १९ गते काठमाडौंसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो ।