२०८१ पुष ८ , सोमवार

सुनको मूल्य एक लाख नाघ्यो

सुनाखरी न्युज/ काठमाडौं । सुनको मूल्य बढेर साताको पहिलो दिन आइतबार नेपाली बजारमा एक लाख रूपैयाँ माथी पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्दा सुनको मूल्य एक लाख रुपैयाँ माथी पुगेको हो ।

 

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । गत शुक्रबार छापावाला सुन तोलाको ९९ हजार ५०० रुपैयाँ र तेजावी सुन ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदी तोलामा १० रुपैयाँले बढेको हो । आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम गरिएको छ ।

 

शुक्रबार चाँदी तोलाको १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार पनि सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको थियो ।