२०८१ पुष ९ , मंगलबार

आइएमई पे र दराजवीच सम्झौता, नव वर्ष २०७९ अभियान सुरु

सुनाखरी न्युज/ काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

 

आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नुहुने ब्यवस्था मिलाइएको छ । उक्त सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रवन्धक श्री प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्र्रबन्धक श्रीजोनाम भुर्तेलले हस्ताक्षर गर्नु भएको हो ।

 

आइएमई पे सेवाग्राहीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि २०७९ बैशाख ७ को दिन सम्मको लागि आईएमई पे मार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन विहान १२ देखि १२:३० सम्म१०% छुट , रु. १००० अधिकतम र अभियान सुरु भएको पहिलो आधा घण्टा पछि दैनिकच्गकज ज्यगचआधा–घण्टामा१०% छुटअधिकतम रु. ७५० सम्म हुने ब्यवस्था मिलाइएको छ ।

 

Rush Hour को समय बिहान८ बजे देखि ८ः३० सम्मर दिउँसो ३ बजे देखि ३:३० सम्म हुनेछसाथै दराजको रु. १ को गेममा पनि सहभागि भएर Samsung A03 Core, Q&U Queen Size Bed 7 X 5 ft, NARZO 50 (Narzo by realme)जस्ता आकर्षक उपहार पनि जित्न सक्नुहुनेछ । यस अभियानको मोडालिटी सामूहिक भाउचर हुनेछ जहाँ प्रयोगकर्ताले IME PAY भाउचर सङ्कलन गरी छुट रिडिम गर्नेछन्।  यस सम्झौताको मुख्य उद्देश्य आइएमई पे सेवा ग्राहीहरुलाई नयाँ वर्षमा सजिलो सँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहक महानुभावहरु लाई विशेष सहयोग पुग्ने विश्वास आइएमई पे ले लिएको छ ।

 

आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। आइएमई पेआइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

 

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा QR स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्नेर विभिन्न घरयासी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ।

 

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

 

दराजको बारेमा :
नेपाल लगायत ४ विभिन्न दक्षिण एशियायी मुलुकस्थित दराज एक सर्वप्रिय अनलाइन बजार हो । दराजले सदैव ग्राहकहरुलाई सर्वोत्तम सपिङ्ग अनुभव प्रदान गर्ने प्रयास गरेको छ । केवल एक एप मै ग्राहकहरुले बच्चा देखि बुढा–बुढी सम्मलाई हुने घरायसी सामान देखि लिएर लुगा–फाटा, मोबाईल फोन, ल्यापटप, मेक–अपको सामान सम्म सबै किनमेल गर्न सक्छन् ।