२०८१ आश्विन ६ , आइतवार

गर्भनर अधिकारीलाई निलम्बन गरेकोप्रति एमालेको आपत्ति

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी निलम्बन गरेकाेप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

 

गर्भनर अधिकारीलाई निलम्बन गरेर सरकाले निन्दनीय र लजास्पद काम गरेको एमाले उपाध्यक्ष विष्णु पौडेलले बताए । उनले अर्थमन्त्रीले गभर्नरलाई सचिव र सहसचिव झैं चलाउन खोजेको आरोप समेत लगाए । उनले भने, ‘राष्ट्र बैंकलाई मन्त्रालय अधिनको अंगको रुपमा व्यवहार गरियो, गभर्नरलाई मातहतका सचिव वा सहसचिवलाई झै चलाउन खोजियो राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गरियो ।

 

मुलुकको अर्थतन्त्र जोगाउन खोज्दा सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई प्रदमुक्त गर्ने प्रक्रिया सुरु गरेको उपाध्यक्ष पौडेलले आरोप लगाए । सरकारले राष्ट्र बैंकमाथि गरेको हस्तक्षेपकै कारण अहिले मुलुकको आर्थिक अवस्था कमजोर भएको उनको दावी छ ।