२०८१ आश्विन १४ , सोमवार

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सुनाखरी न्युज/ पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका-७ स्थित मेची राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

 

हिजो राती पौने ९ बजे ताप्लेजुङबाट फिदिम तर्फ आउदै गरेको ना.२ख ८३१६ नम्वरको ट्रक अनियन्त्रित भई सडकको भित्तामा ठक्कर लागि सडकमा पल्टी दुर्घटना हुँदा ट्रकले च्यापिई चालक पाँचथर फालेलुङ गाउँपालिका-१ का २७ बर्षीय प्रेम कुमार गौलीको घटना स्थलमा नै मृत्यु भएको हो ।

घटना स्थलमा तत्काल जिल्ला प्रहरी कार्याल पाँचथरबाट प्रहरी टोली खटि ट्रकलाई जेसिविको सहयोगमा उठाई मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाएको हो ।