सुनाखरी न्युज/ काठमाडौं । नेपालको लागी हुण्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.द्वारा आजमिति २०७८ साल चैत्र २५ गतेका दिन थापाथलीमा रहेको हुण्डाइको अत्याधुनिक विद्युतिय सोरुममा मिडिया भेला सम्पन्न गरेको छ ।
सो अवसरमा डेडिकेटेड सोरुम,दिगो संचालन रविद्युतिय गाडीको पुर्जाहरुको बारेमाजानकारी गराइयो । उक्त अवसरमा सोही सोरुमबाट पाटनको औद्योगिक क्षेत्रमा रहेको हुण्डाइ तालिम केन्द्रमा लगी विभिन्न प्रस्तुतीमार्फत् हुण्डाइ विद्युतियगाडीको पुर्वाधार र संचालन सम्बन्धि विभिन्न जानकारी गराइयो । यस कार्यक्रमको मुख्य उद्देश्य हुण्डाइ विद्युतिय गाडीप्रति चाहना राख्ने र सम्भावित खरिदकर्ताहरुका माझ हुण्डाइ नेपालले सस्टेनएबल मोविलिटी र विद्युतिय गाडीका क्षेत्रमा गरेको प्रतिबद्धताहरु र पहलबारे जागरुकता सिर्जना गर्नु हो ।
यसबाट हुण्डाइले वर्षौंदेखि सिर्जना गरेको ब्राण्ड इक्विटीलाई बढाउन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ । हाल४० चार्जिङ स्टेसनहरु रहेको र यसलाई आवश्यकता अनुसार बढाउँदै लैजाने कम्पनीले जनाएको छ । साथै हुण्डाइको नेपालमा विद्युतिय गाडीको पुर्वाधारमा आक्रामक लगानी गर्ने समेत योजना रहेको छ ।