२०८१ आश्विन १४ , सोमवार

घोषणा पत्रमा जनआकांक्षा समेट्दै नेपाली कांग्रेस, कांग्रेस लाई मतदान, समृद्धि र सुशासन : नेपाली कांग्रेस घोषण पत्र तयारी समिति सदस्य गिरी

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेस ” घर घर जाऔं , कांग्रेस जिताऔं ” फाल्गुन २९ देखि चैत्र २९ सम्म एक महिने अभियान अन्तरगत आज ३० औं दिन देशभरीका ७५३ पालिका र ६७४३ वडामा नेपाली कांग्रेस सम्बन्धित तहाका कार्यसमितिहरुको प्रभावकारी भुमिका र उल्लेखनीय सहभागितामा कार्यक्रमहरु सम्पन्न भैरहेको जानकारी दिदै नेपाली कांग्रेस स्थानीय तह निर्बाचन – २०७९ घोषणा पत्र तयारी समिति सदस्य एबं केन्द्रीय प्रतिनिधि किरण गिरीले अबको घोषणापत्रमा नेपाली कांग्रेस ले समृद्धि र सुशासन को प्रतिबद्धता सहित जन आकांक्षा लाई समेट्ने जानकारी दिनु भएको छ ।

 

आज बिहान एक रेडियो अन्तरबार्तामा नेपाली कांग्रेस घोषणा पत्र तयारी समिती सदस्य किरण गिरीले घोषणापत्र लेखन तिब्रताका साथ सम्पन्न हुँदै गरेको जानकारी दिदै भन्नुभएको छ :-
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति श्री शेरबहादुर देउवाले— पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा— सदस्यहरु मनोनयन गर्नु भएको छ ।

 

सो समितिले आफ्नो बैठक बसेर जिम्मेवारी बाडाफाडका साथ घोषणापत्र लेखन कार्यलाई तिब्रता दिइसकेको छ । घोषणा पत्र तयारी समितिले टोल फ्री नम्बर , बेग्लै मोबाइल नम्बर , भाइबर नम्बर र वाट्स एप माध्यम अनि सामाजिक सञ्जाल फेसबुक पेज तथा वालको माध्यम समेत बाट नेपाली कांग्रेस सातवटा प्रदेश समिति , ७५३ पालिका कार्यसमिति , नेपाली कांग्रेस पार्टी पङ्ती , विभिन्न जनसमुदाय र आम मतदाता समेत बाट लिखित तथा मौखिक सुझाव लिने र ती सुझाव लाई घोषणापत्रमा समेट्ने कामको थालनी आजैबाट प्रारम्भ प्रारम्भ गर्ने छ ।
स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समितिमा
१. सदस्य — डा. आरजु राणा देउवा
२. सदस्य — श्री मधु आचार्य
३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल
४. सदस्य — श्री अजयवावु शिवाकोटी
५. सदस्य — श्री नृपबहादुर वड
६. सदस्य — श्री कान्तिका सैजुवाल
७. सदस्य — श्री गुरुराज घिमिरे
८. सदस्य — श्री किरण गिरी
९. सदस्य — श्री हरिप्रभा खड्गी
१०. सदस्य — श्री भीम ढुंगाना
११. सदस्य — श्री दिलिपप्रताप खाँण
१२. सदस्य — श्री वंशलाल तामाङ
१३. सदस्य — श्री विजय शंकर यादव
१४. सदस्य — श्री उमा थापा मगर
१५. सदस्य — श्री भुपेन्द्र राई
१६. सदस्य — श्री ममता महतो
१७. सदस्य — श्री डा. जुगल भुर्तेल
१८. सदस्य — श्री गेजा शर्मा वाग्ले
१९. सदस्य — श्री जगदीश भट्टराई
२०. सदस्य — श्री प्रताप पौडेल
२१. सदस्य — श्री शंकर तिवारी
२२. सदस्य — श्री पुरुषोत्तम नेपाल
२३. सदस्य — डा. इन्द्रा अधिकारी
२४. सदस्य — डा. अभिमन्यु सिंह
२५. सदस्य — डा. वुद्धिमान श्रेष्ठ
२६. सदस्य — श्री मनिष झा
२७. सदस्य — श्री जिमी लामा
२८. सदस्य — श्री शिलशिला आचार्य रहनु भएको छ ।

घोषणा पत्र तयारी समितिले बैठक बसेर काम जिम्मेवारी बाडफाडका साथ आफ्नो काम थालनी गरिसके छ । तयारी कार्य तिब्र गतीमा अगाडि बढीरहेको छ । आगामी २०७९ साल बैशाख -११ गते ” लोकतन्त्र दिवस ” का दिन नेपाली कांग्रेसले स्थानीय तह निर्बाचन घोषणापत्र लाई प्रतिज्ञा पत्र / संकल्प पत्र का रुपमा सार्बजनिक गर्ने तयारी गरिरहेको जानकारी समेत नेपाली कांग्रेस घोषणा पत्र तयारी समिति सदस्य किरण गिरीले अन्तरबार्ता मार्फत दिनु भएको छ ।