सुनाखरी न्युज/ काठमाडौं । नेपाल बैकर्स संघले नेपाल राष्ट्र बैंकले नगद मार्जिन तोकेका ४७ समुहका वस्तुको एलसी तत्काललाई नखुल्ने भएको छ ।
वाणिज्य बैंकहरुले अत्यावश्यक बाहेकका वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइललगायत सामाग्री आयातका एलसी नखोल्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले गत सोमकबार अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएसँगै संघको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको बैठकमा सहभागी एक सीइओले बताए । संघले अर्को निर्णय नहुँदासम्मका लागि अत्यावश्यक बाहेक अरु वस्तुको आयात रोक्न एलसी खोल्ने कार्य ठप्प पार्ने निर्णय गरेको हो ।