२०८१ आश्विन १४ , सोमवार

जङ्गली च्याउ खाँदा तनहुँमा एक जनाको मृत्यु

सुनाखरी न्युज/ तनहुँ –

जङ्गली च्याउ खाएर तनहुँमा एक जनाको मृत्यु भएको छ । च्याउ खाएर बिरामी भएको म्याग्दे गाउँपालिका-३ धयरेकी ४७ वर्षीया सुनिमाया थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

 

यही चैत १८ गते जङ्गलमा च्याउ खोज्न गई घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको आइतबार नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । रासस