२०८१ पुष १२ , शुक्रवार

बैंक अफ काठमाण्डूका कार्ड बाहकहरु लाई दराज र सस्तोडिलमा नयाँ वर्षको छुट योजना

सुनाखरी न्युज/ काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ ।

 

नेपालीहरुको नयाँ वर्ष २०७९लाई लक्षित गरी बैंकले कार्ड बाहक महानुभावहरुले दराजबाट आफुलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% सम्मको छुटको सुबिधा उपयोग गर्नसक्नुहुनेछ ।

 

बैंकको कार्डबाहक महानुभावहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान दराजबाट खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गर्नुभएमा १५% वा अधिकतम रु. १५०० र डेबिट कार्ड प्रयोग गर्नुभएमा १०% वा अधिकतम रु. १००० सम्म छुटको पाउनुहुनेछ । साथै, कार्डबाहक महानुभावहरुले सस्तोडिलमा आफुलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्नुभएमा २०% वा अधिकतम रु.२,००० सम्मको छुट पाउनुहुनेछ ।

 

यस नयाँ वर्षको योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २०% सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नुहुनेछ । बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।