२०८१ कार्तिक १६ , शुक्रवार

अपराधका सत्य घटना २४ घण्टा हेर्नेलाई २४०० डलर

सुनाखरी न्युज/ काठमाडौं –

स्ट्रिमिङ सेवाले २४ घण्टासम्म अपराधका सत्य घटनामा आधारिक वृत्तचित्र हेर्न र अनुभवको जानकारी गराउनेलाई २४०० डलर प्रदान गर्ने भएको छ । ​मेगालान टिभीले भनेको छ, ‘यो हाम्रो अपराधका सत्य घटनामा आधारिक तेस्रो वार्षिकी हो ।’

 

यस किसिमको प्रस्ताव २०२० र २०२१ मा पनि गरिएको थियो । यो विजेता उमेदवारलाई २४०० डलर सित्तैमा प्रदान गरिएको थियो । तर, त्यति बेलाको प्रावधान भने हालको तुलनामा अलि कठिन थियो । उक्त समयमा ४८ घण्टाको अवधि तोकिएको थियो र सोसल मिडियामा भएको आफ्नो अनुभवलाई वृत्तचित्रमा उतार्नु पर्दथ्यो । ‘हाम्रो आदर्श उम्मेदवार साँचो अपराधका लागि जिउनेछन् ।

 

 

उनीहरुले सर्वाधिक त्रासदीपूर्ण सिरियल किलरलाई सम्हाल्नु पर्दथ्यो,’द स्ट्रिमिङ सेवाले आफ्नो वेबसाइटमा बताएको छ । छनोटमा परेका उम्मेदवारहरूले मर्डर म्याप्स, लेडी किलर, १० स्टेप टु मर्डर, नर्सेस हु किल, मर्डर अन द इन्टरनेट, २१ सेन्चुरी मर्डर र साइबर क्राइम विथ बेन हामर्सली लगायतका वृत्तचित्रहरू हेर्नु पर्दथ्यो । आवेदनहरू अप्रिल १८ बाट स्वीकार गरिने भएको छ । एजेन्सी