२०८१ आश्विन १४ , सोमवार

भक्तपुर औद्योगिक मेला : डेढ करोडको कारोबार

सुनाखरी न्युज/ भक्तपुर-

नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागेको छ । मेलाको पाँचौँ दिनमा एक करोड ५० लाखको कारोबार भएको छ ।

मेलामा कारोबार बढ्दै गएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, नयाँ तथा पुराना सवारीसाधन खरिदमा उपभोक्ताको आकर्षण रहेको छ । मेलामा फेशन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेशिन, कृषि औजार प्रदर्शनीलगायत रहेको मेला संयोजक दीपक थापाले जानकारी दिए ।

 

 

मेलामा विद्यार्थीलाई ४० र अन्यलाई ५० प्रवेश शुल्क निर्धारण गरिएको छ । यही चैत २४ देखि सुरु भएको उक्त मेला आगामी वैशाख ४ गतेसम्म चल्ने छ । मेलामा २०० भन्दा बढी कक्ष राखिएका छन् । मेलामा आठ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले मेला आयोजना गरेको हो । रासस