२०८१ आश्विन १४ , सोमवार

वाणिज्य विभागका महानिर्देशको जिम्मेवारी शर्मालाई

सुनाखरी न्युज/ काठमाडौं –

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य विभागको नेतृत्व फेरेको छ ।

 

विभागको महानिर्देशकको रुपमा जिम्मेवारी सम्हालेको प्रेमकुमार श्रेष्ठलाई हटाएर श्रेष्ठको ठाउँमा लिलाप्रसाद शर्मालाई विभागको जिम्मेवारी तोकिएको हो । सरकारले आचार संहित लागू हुनु भन्दा केही दिन अघि गरेको कर्मचारी हेरफेरमा प्रेमकुमार श्रेष्ठलाई हटाएर शर्मालाई ल्याइएको हो ।

 

 

८ महिनादेखि नेतृत्वविहीन बनेको मन्त्रालयमा नेता बडुले नयाँ जिम्मेवारी पाएसँगै शर्मालाई विभागको नेतृत्वमा ल्याएका हुन् ।