२०८१ आश्विन ६ , आइतवार

पत्रकार एवं समाजिक अभियन्ता महेशजंग कुवँर विवेकशील साझा पार्टीमा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं । तारकेश्वर निवासी सामाजिक अभियन्ता एवं पत्रकार महेशजंग कुवँर विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । कुवँरले सोमबार विवकेशील साझा पार्टीको प्रधान कार्यालय बखुण्डोलमा आयोजित एक समारोहका बीच पार्टी अध्यक्ष रवीन्द्र मिश्रबाट सदस्यता लिएका हुन् ।

 

दशकौंसम्म सत्तामा रजगज गरेका पार्टीहरुले मुलुक र समाजको रुपान्तरण गर्न नसकेको भन्दै कुँवरले विवेकशील साझा पार्टीको नेतृत्वबाटमात्र परिवर्तन र रुपान्तरण गर्न सकिने धारणा राखे । काठमाडौंको उत्तरी भूभागमा पर्ने तारकेश्वर नगरपालिका राजधानीकै जिल्लामा हुँदापनि विकासका सन्दर्भमा धेरै पछि परेको भन्दै कुँवरले व्यक्तिगत प्रयासबाटमात्र रुपान्तरण गर्न नसकिने देखिएकाले इमानदार राजनीतिक संगठनमा जोडिएको प्रतिक्रिया दिए । सो अवसरमा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले कुँवरजस्ता हजारौं इमानदार र स्वच्छ छवी भएका सदस्य पार्टीलाई आवश्यक भएको बताए ।

 

तारकेश्वर नगरपालिका वडा नं १ स्थायी घर भएका कुँवर लामो समयदेखि पत्रकारिता र सामाजिक अभियानमा सक्रिय छन् । नागरिक विकास समाजका अध्यक्ष समेत रहेका कुँवर बहुदल आएसँगै नेपाली काँग्रेस, राप्रपा लगायत पार्टीको महत्वपूर्ण भूमिकामा रहेर काम गरिसकेका व्यक्ति हुन् । स्वतन्त्र पत्रकार संघका संस्थापक समेत रहेका कुँवर तारकेश्वर पत्रकार मञ्चका सल्लाहकार पनि रहेका छन् । तारकेश्वर नगरभित्र विभिन्न कार्यक्रम सामाजिक गतिविधिमा सक्रिय कुँवर विवेकशील साझा पार्टीमा प्रवेश गर्नुलाई महत्वका साथ हेरिएको छ भने नगरको भावी मेयरका सम्भावित उम्मेदवारका रुपमा पनि चर्चा गर्न थालिएको छ ।