२०८१ कार्तिक १६ , शुक्रवार

बुटवलबाट सुरु भयो लुम्बिनी प्रदेशको मोटरसाइक्लिङ सुरक्षा अभियान

सुनाखरी न्युज/ काठमाडौं । नेपालमा मात्र नभई संसारभर लोकप्रिय मोटरसाइकल सुरक्षाको हिसाबलेभने डरलाग्दो बन्दै गएको छ।हालविश्वकाशहरी दुर्घटनाको ठुलो हिस्सा मोटरसाइकले ओगटेको पाइन्छ जसबाट वार्षिक लाखौको अकाल मृत्यु, अंगभंग र अर्बौको आर्थिक क्षति भैरहेको छ ।

 

नेपालमा दैनिक सरदर ६ देखी८ जनाको सवारी दुर्घटनामा अकाल मृत्यु भैरहेको छ। मोटरसाइक्लिष्ट , पैदलयात्रुहरु, साइक्लिस्ट र अपांगहरुको मोबिलिटीअधिकार र सुरक्षाआज ठुलो चुनौतीबन्दै गएको छ र त्यसलाई सरकारी, गैरसरकारी क्षेत्रवाट सम्बोधनगर्ने कार्यसमेत भैरहेकोपनि छ ,जुनपर्याप्तभने हुन सकेको छैन । जबसम्म नेपाल सरकार दिगो सडक र सुरक्षितयातायातको लागिप्रतिकृयात्मकमात्रबन्ने अवस्था रहन्छ तवसम्म सार्थक र सकारात्मक परिणाम निस्कनगा¥हो छ र तनागरिक र पेशागत तहवाटनिकै सकृय र महत्वपूर्ण अभियानहरु शुरु भएका छन् ।

 

त्यहिअभियानअन्तर्गत नै गत २०२१ को सेप्टेम्बर बाट नेपालमा FIAAffordable Helmet अभियान शुरु भएको छ ।सोहि अभियानअन्तर्गत लुम्बिनीप्रदेश स्तरीय मोटरसाइक्लिष्ट सुरक्षा अभियानको शुरुवातगत २३ चैतमा बुटवल बाट गरियो ।यस वर्ष नासा नेपालले फेडेरेसन इन्टरनेसनल डे अटोमोबाइल(FIA) को सहयोग मा सुरक्षित हेल्मेट अभियान संचालनगरिरहेको छ । जसमानासा फाउन्डेसन नेपाल, सुरक्षितयात्राअभियान, बुटवल र सुचना तथा मानव अधिकार केन्द्र नेपालगन्ज समेत सहयात्री रहेका छन । जसमानीतिनिर्माता, सरकारी अधिकारी र मिडियाकर्र्मीलाई सुरक्षित हेल्मेट र पछाडी बस्नेको लागि हेल्मेट को महत्वबारे प्रकास पारिने छ । त्यसबाट संबन्धित एन कानुन निर्माण र कार्यन्वयन सरल र सहज हुनेछ ।

 

यही २३ गतेँFIA World council गोविन्द भट्टराईले लुम्बिनी टेलिेभिजनकादिनेश पाण्डेलाइ हेल्मेट हस्तान्तरण गर्नुभयो भने सोहि दिन सुरक्षित यात्रा अभियानको तर्फ बाट ट्राफिकप्रहरी कार्यालय लुम्बिनीका प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापालाई सुरक्षित हेल्मेटको संकेत स्वरू FIA हेल्मेट हस्तान्तरण गरियो । नासा नेपालले देशभरी संचालनगर्ने यस अभियानको लागि पश्चिम नेपाल र उपत्यकामा बिभिन्न कार्यक्रम शुरु भइ सकेको छ। जसमानीति निर्माणको लागीलबिंग, तालिम, मिडिया क्याम्पेन लगायतकार्यहरु रहेका छन् ।