सुनाखरी न्युज/ काठमाडौं । वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फिर्ता पाउन सक्नेछन् । भूतपूर्व अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरिएको छ ।
खल्तीले आन्तरिक राजस्व विभाग (आई आर डी) र वर्ल्डलिङ्कसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको छ । वर्ल्डलिंक र खल्ती दुबै मिलि नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न काम गरिरहेका छन् । १० प्रतिशत भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १.५ प्रतिशत क्यासब्याक प्लस १०० क्यास्ब्याक अर्थतन्त्रलाई प्रोत्सहन गर्न वर्ल्डलिङ्क बिल भुक्तानीमा प्रोमो कोड ‘गो क्सालेस’ प्रयोग गरी छुट प्रदान गरेको छ । अब थप १० प्रतिशत भ्याट फिर्ताले डिजिटल नेपाल तर्फ ६ लाख ५० हजार वर्ल्डलिङ्क घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पुर्याउनेछ ।
उपभोक्ताहरूले भ्याट रकमको चार्ज गरिएको १३ प्रतिशत भ्याटको १० प्रतिशत भ्याट फिर्ता पाउने छ । यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ता बर्गको हुनु पर्ने छ साथै वर्ल्डलिङ्क जडान पनि उपभोक्ता बर्गको हुनु पर्ने छ अर्थात यो सुबिधा व्यवसायिक कार्य प्रयोजनको लागि दिईने छैन ।