२०८१ आश्विन १४ , सोमवार

करेन्ट लागेर मृत्यु

सुनाखरी न्युज/ काभ्रे-

काभ्रे, पाँचखाल नगरपालिका-१० नयाँगाउस्थित कव नेपाल प्रालिमा काम गर्ने पाँचखाल नगरपालिका-१० बस्ने भारत पश्चिम बङ्गाल घर भएका ३५ वर्षीय प्रदिप मुरमुको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

 

 

काम गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-१२ हरिगवा बस्ने ५६ वर्षीया साबित्री केवटको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरको कोठामा स्टेन पंखा सार्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।