२०८१ पुष २९ , सोमवार

आज पनि नेप्सेमा दोहोरो अङ्कको गिरावट, डेढ अर्बको कारोबार

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ ।

 

आज नेप्से ३४.७८ अंकले घटेर दुई हजार ३ सय ८५ दशमलब ०२ विन्दुमा रोकिएको हो । सोमबार नेप्से नेप्से ४४.६४ अंकले घटेर दुई हजार ४ सय १९ दशमलब ७१ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

सोमबार २ अर्ब २६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २०५७ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज इमर्जिङ नेपाल र न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ६प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी कम्पनीको भएको छ । यस कम्पनीको आज ५ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।